नवलपुरस्थित ग्रामिण साकोसमा कार्कीको नेतृत्वमा बन्यो नयाँ संचालक समिति

सर्लाहीको लालबन्दी-१ नवलपुरमा रहेको ग्रामिण बचत तथा ॠण सहकारी सस्थाको १८औ बार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

शुक्रबार नवलपुर स्थित पिसजोन बोडिङ्ग स्कुलको प्राङ्ग्णमा अध्यक्ष रोचराज शर्माको अध्यक्षता एवम नगरपालिकाका प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभाको उदघाटन सत्रका अबसरमा लालबन्दी नगरपालिका वडा नम्बर १ का अध्यक्ष पंचलाल श्याङ्गबो ,२ का किरण पासवान लगायतले साधरण सभाको पुर्ण सफलताका साथै सबल सक्षम नयाँ नेतृत्व चयनका लागि शुभकामना ब्यक्त गरेका सस्थाका सहायक प्रबन्धक सुबास पोख्रेलले बताए ।

साधरणसभाको बन्द सत्रबाट सस्थाको स्थापनाकालदेखि नै नेतृत्व हाक्दै आएका अध्यक्ष सहित अन्य पदको नेतृत्व फेरिएको छ ।

बन्दसत्र ले हरिपुर निवासी सुरेन्द्र बिक्रम कार्कीको अध्यक्षतामा ११सदस्यीय नयाँ नेतृत्व सर्बसम्मत रुपमा चयन गरेको संस्थाले जानेको छ ।

जस्को उपाध्यक्षमा कमला कुमारी उपाध्याय ,सचिवमा श्यामबाबु कार्की, कोषाध्यक्षमा मनोज कुमार अधिकारी सहित अन्य सदस्य रहेका छन ।

त्यस्तै रमेश प्रसाद नेउपाने संयोजक दिलिप न्यौपाने र दुर्गा बाहादुर खडका सदस्य रहेको ३ सदस्यीय लेखा समिती समेत सर्बसम्मत चयन गरिएको नव निर्बाचित सचिब श्याम बाबू कार्कीले जानकारी दिए ।

सभाको अबसरमा सस्थाका अध्यक्ष रोचराज शर्माले बार्षिक कार्यपत्र प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष मनोज अधिकारीले अर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिबेदन ानुसार संस्थाले आर्थिक बर्ष ०७५/७६मा ९ करोड ७५ लाख ७९ हजार ४ सय २ रुपैया को कारोबार गरि ११ लाख १ हजार ४ सय ६६रुपैया खुद्द मुनाफा गरेको छ ।

त्यस्तै सभा को अबसरमा सस्था मा आबद्द रहि सस्थाको गतिबिधी अन्तर्गत कारोबार गर्ने उत्कृष्ट ४जना बचत कर्ता २ जना असल ॠणि लाई दोसल्ला र समयको संकेत दिने घडीबाट र शेयर सदस्यका सन्तती मध्ये एसईई परिक्षा मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा निजि बिद्यालय का तीन जना लाई शैक्षिक सामाग्री का साथै बृहत् नेपाली शब्द कोष बाट सम्मान गरिएको सस्थाका प्रबन्धक रोहित भट्टराईले भने ।

२०५८ साल मा २५ सदस्य रहि डिभिजन कार्यालय मा दर्ता गरेको सस्था मा हाल १हजार १सय ३५ शेयर सदस्य रहेका छ्न ।

Loading...