अत्यधिक वर्षाले भत्काएको घरमा च्यापिएर काभ्रेमा दुईको मृत्यु

काठमाडौँ, २७ असार । अत्यधिक वर्षाका कारण गएको पहिरोले घर भत्काउँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन् ।

काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ३ नालामा गएको पहिरोले स्थानीय रामप्रसाद दंगालको घर भत्काएको हो । घरभन्दा माथिबाट आएको पहिरोले घर थिचेपछि रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले घटनामा प्रहरी टोली उद्धारका लागि पुगिसकेको र क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिए । उनले घाइते हुनेमा रामप्रसादकी बुहारी सुशिला दंगाल र उनकी तीन महिनाकी नातिनी अनुष्का रहेको जानकारी दिए । फाइल तस्विर

Loading...