लगातार वर्षापछि आएको बाढीपहिरोबाट ६ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौँ । मुलुकभर लगातार वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ ।

यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् ।

त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक–एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन् । रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको गृहमन्त्रालयले स्पष्ट पारेको छ ।

Loading...