कयौं पटक मलाई पनि लागेकाे हाे
यो नाेकरी दासता हाे
कहिले समयको दास हुनुपर्ने
कहिले परिस्थितिको दास हुनुपर्ने
बिहान अफिस पुग्ने हतार
साँझ बासस्थान आईपुग्ने हतार
याे हतारहतारको दिनचर्यामा
थाहै थिएन
मेराे छिमेकीले
मैले हेर्ने आकाश र मैले टेक्ने धर्ति
आधा
उसले आफ्नाे भागमा पारिसकेछ ।।
धेरै समयपछि,
मेरै आँगनमा
छिमेकि आएको छ अर्ति दिन
नोकरिको “न” सम्म नव्यहोरेको मेरो छिमेकी
अर्ति दिदैछ नोकरीको
मानौ उ पण्डित हो महायज्ञको
अनि म उसको यजमान
चुपचाप सुनिरहेछु ।।
स्वाभिमान वन्धकि राख्नेले
अपनाउने पेशा हो नोकरी
नाेकरीले मानसिकतामा दासता ल्याउँछ
त्यसैले अलिकति स्वाभिमान हुनेले त
कदापी दासता स्विकार्नु हुन्न भन्दैछ उसले ।।
तर मित्र, के गर्नु
अन्नपानीकाे शरीर प्राकृतिक हाे
शरिरले अन्नपानीकाे दासता स्विकार्नैपर्छ
यहि शरिरकाे लागि
यहि अन्नपानीकाे लागि
र ठुुुुलो मान्छे बन्ने भ्रममा
मैले दासता स्विकारेकाे हाे
त्यो पनि एक पटक होईन सयौं पटक ।।
जब दासता नै आवश्यकता बन्छ
अनि स्वाभिमानले सहजै स्विकार्छ दासता
जति विभेद भए पनि
थिचोमिचै भएपनि
दासता सहन्छ आवश्यकताले
दासता मन पराउँछ बाध्यताले
अनि यहि दासता प्रिय लाग्न थाल्छ ।।
मित्र,
नपुगेर हैन
नसकेर हैन
स्वभाव नै दास भएर हाेईन
लड्नुकाे डरले
भिड्नुकाे डरले
हार्नुकाे डरले
मर्नुको डरले
मैले दासता स्विकारेको पनि होईन
अलिकति बाध्यता र अलिकति आवश्यकताले
म नोकरीको दास भएकै हो ।।
त्यसैले मेरा प्रिय छिमेकि,
कृपया फेरि नभन्नू हाेला
तँ नोकरीको दास हो
तर तपाई यति बुझ्नुस
यहि नोकरीको दासताबाट उम्किन
म कविता लेखेरै मेराे युद्ध लड्दै छु ।