प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]

विष्णु पौडेलकोबालुवाटारको ८ आना जग्गा सरकारको हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको बालुवाटारस्थित ललिता निवासभित्र रहेको जग्गा सरकारी हुने भएको छ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको आठ आना जग्गा सरकारी हुने उल्लेख छ। मुद्दामा नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले सो जग्गा तत्काल सरकारी बनाउन सम्बन्धित मन्त्रालयलाई आवश्यक कारबाही […]

विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उससभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री  गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । […]

अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ। […]

चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरे : प्रचण्ड

 पोखरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै […]

पार्टी भित्रको विवाद १४ औंँ महाधिवेशनले समाधान गर्छ: नेता सिंह

पर्सा, २२ माघ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन । पार्टी नेतृत्वले विधानलाई पाखा लगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा […]

एमसीसीको बारेमा आफूहरु गम्भीर, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं : प्रचण्ड

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसँग सभामुख साटेको आरोपमा सत्यता नभएको बताएका छन् । प्रचण्डले एमसीसको बारेमा आफूहरु गम्भीर रहेको बताए। हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ, प्रचण्डले भने । एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू भने […]

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः – भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर […]

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो: परराष्ट्रमन्त्री

काठमाडौँ, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्। उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उनले बताए। आजदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा […]

थाइल्याण्डले बनायो कोरोना भाइरसको औषधि, ४८ घण्टामै निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ४०० जना भन्दा बडीको मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले […]