एमसीसीको बारेमा आफूहरु गम्भीर, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं : प्रचण्ड

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसँग सभामुख साटेको आरोपमा सत्यता नभएको बताएका छन् । प्रचण्डले एमसीसको बारेमा आफूहरु गम्भीर रहेको बताए।

हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ, प्रचण्डले भने । एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू भने नहुने बताएका छन् ।

प्रेस संगठन नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समितिमा एमसिसीको समर्थन र विरोध गर्नुअघि बुझ्नु आवश्यक रहेको भन्ने सदस्यहरुको चाहना बमोजिम कार्यदल गठन गरिएको बताए। एमसीसीलाई अस्वीकार गर्नुपर्छ भन्ने केन्द्रीय कमिटीको मत नरहेको प्रचण्डले स्पष्ट पारे।

Loading...