जाजरकोटमा कुसे गाउँपालिकाका वडा अध्यक्ष हपहरणमा

जाजरकोट, ९ मंसिर । जाजरकोट कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल नेपाली गए राती अपहरणमा परेका छन् । वडा अध्यक्ष नेपालीलाई कसले अपहरण गरेको हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

वडा कार्यालयमा बसिरहेको अबस्थामा राती १ बजे ४, ५ जनाको समूहमा आएका व्यक्तिहरुले बाेलाएर लगेकाे उनका अाफन्तले जनाएका छन् । उनकाे अवस्था के कस्ताे छ भन्ने अहिलेसम्म केही पनि थाहा हुन नसकेकाे पनि पारिवारिक स्राेतले जनाएकाे छ । जाजरकाेटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले अध्यक्ष नेपालीको खोजी कार्यमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकिएको जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट जिल्ला ईन्चार्ज हरिचन्द्र जैसी ‘अनुकूल’ले वडाअध्यक्ष नेपालीलाई कसले अपहरण गरेको भन्ने कुरा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । टेलिफोन कुराकानीमा नेता अनुकूलले चुनाव खारेजी अभियानमा आफ्नो पार्टीका कार्यकर्ताले वडाअध्यक्षलाई अपहरण गरेको भन्ने अाराेप सही नभएकाे बताए ।

कुशेगाउँपालिकाकाे वार्ड नं. १ र २ नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्र मानिन्छ । वार्ड नं. १ र २ मा पर्ने धाउनी, रुमालगाउँ, स्याक्री र टाेलेगाउँ क्षेत्रमा नेकपाकाे राम्राे प्रभाव रहेकाे र त्यही क्षेत्रबाट वडा अध्यक्षकाे अपहरण भएका कारण केहीले नेकपालार्इ अाराेप लगाएकाे नेता अनुकूलले बताए । उनले स्पष्ट कुरा बुझ्दै नबुझेर अनुमानका भरमा समाचार नलेख्न पनि अाग्रह गरेका छन् ।

साेही वडावासी तथा नेकपा माअाेवादी केन्द्र निकट पत्रकार दिपेन्द्र शर्माले वडा अध्यक्ष नेपाली राति १ वजे गिरफ्तार परेकाे बताए । वडा अध्यक्ष नेपालीलाई अपहरण गर्नुको मुख्य कारण अरु कुनै नभएर भोली मंसिर १० गते हुन गईरहेको प्रतिनीधि र प्रदेश सभाको निर्वाचनलाई प्रभावित पार्नका लागि गरेको हुन सक्ने पत्रकार शर्माको भनाई रहेको छ ।

वडा अध्यक्ष गोपाल नेपाली गत बैसाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेवाट कुशे गाउँपालिका १ का वडा अध्यक्ष निर्वाचित भएका थिए ।

Loading...