भोलि मंसिर ८ गतेको बन्दबारे नेकपाको आधिकारिक भनार्इ यस्तो आयो

काठमाडौँ । भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ ।

नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द अाफ्नो पार्टीले नगरेको बताएका छन् ।‘हाम्रो पार्टीको कथित संसदीय चुनाव खारेजी अभियान निरन्तर जारी रहेको कुरा सबैमा जगजाहेर नै छ तर मंसिर ८ गतेको नेपाल बन्द कार्यक्रम हाम्रो पार्टीको नभएको स्पष्ट पार्दछाैं’ पुनले भनेका छन् ।

नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले अाह्वान गरेको भन्‍ने सूचना पार्टीमा अाएको भन्दै चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको पुनले बताए ।

यसैबीच बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् । यद्धपि यसको औपचारिक घोषणा भने उनीहरुले गरेका छैनन् । तर सामाजिक सञ्जाल फेसबुमा उनिहरूले यसपटकको बन्द केहि फरक शैलीमा गर्न लागेकाे भन्दै पाेष्ट गरेका छन् ।

Loading...