उम्मेदवारलार्इ एक एक लाख रकम बाँड्याे कांग्रेसले

काठमाडाैं, ५ कार्तिक । कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई जानकारी दिए । कांग्रेसले २०७० सालको संविधानसभा चुनावमा पनि प्रत्यक्षतर्फका उम्मेदवारलाई एक लाख रुपैयाँ निर्वाचन खर्च उपलब्ध गराएको थियो।

यता, एमालेले उम्मेदवारलाई चुनाव खर्च नदिने भएको छ । निर्वाचन प्रचार समितिका प्रवक्ता विष्णु रिमालले उम्मेदवारले कार्यकर्ताबाट एक हजारसम्म सहयोग लिन सक्ने तर सहयोग रकम लिएको रसिद पार्टीमा बुझाउनुपर्ने निर्देशन दिइएको बताए ।

अमेरिकामा रहेका पार्टीका शुभेच्छुकबाट एक हजार डलर, खाडी मुलुकका शुभेच्छुकबाट पाँच सय डलर र कामदारबाट सय डलर सहयोग मागिएको उनले बताए । ‘उम्मेदवारलाई एकमुष्ट रकम दिने गरिए पनि यसपटक त्यस्तो नीति परिवर्तन भएको छ’, उनले अन्नपूर्णसँग भने ।

‘०७० को दोस्रो संविधानसभा चुनावमा समिति गठन गरेरै उम्मेदवारलाई पार्टीले चुनाव खर्चबापत पाँच लाख रुपैयाँ बाँडेको थियो । यसपटक भने उम्मेदवार आफैंले खर्च जुटाउन भनेको छ’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Loading...