सिटी एक्स्प्रेसद्वारा उत्सव एक्स्प्रेस योजनाका दसौं हप्ताका बिजेताहरु घोषणा

मंसिर ३, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो ।

सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहन कुमारी गुरुङ्, दिल बहादुर गुरुङ्, शारदा दुलाल र पार्वती थापा चाँदीको सिक्का विजेतामा छनोट भएका छन् । त्यसैगरी नवलपरासीकी जुना विक दोस्रो एलजी रेफ्रिजिरेटर विजेता छनोट भएकी छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ ।

उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ । थप जानकारीको लागि को पेज CTXpressMT अथवा सिटी एक्स्प्रेस को मुख्य कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स कमलादी मा संपर्क गर्न सक्नुहुनेछ।

Loading...