अब घरमै बसेर अनलार्इनबाट रेमिट सेवा लिने पाइने

कोरियाको जीमनी ट्रान्स र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झाैता

काठमाडाैं । जापानको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले नेपालबाट पनि सेवा सुरु गरेको छ । कम्पनीले ११ नोभेम्बर २०१७ शनिबारदेखि आफ्नो सेवा सुरू गर्न लागेको जानकारी दिएको हो ।

दक्षिण कोरियाली सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै कम्पनीहरुले आवेदन दिएकोमा जीमनी ट्रान्सले पनि उक्त सेवा सञ्चालनके अनुमति पाएको हो ।

कम्पनीले केही दिनमै मोबाइल एपबाट पनि सेवा सुरु गर्ने जनाएको छ । मोवाइल एपले सेवाग्राहीलार्इ शाखा जानुपर्ने झन्झटबाट मुक्त गर्ने बताइएको छ । हाल विध्यमान रेमिट्यान्स कम्पनीको अनलाइन सेवा लिन सेवाग्राही कम्तिमा एक पटक शाखा जानैपर्ने हुन्छ । तर, कम्पनीको मोवार्इल एप सुरू भए त्यो झन्झटिलो प्रक्रिया सहज हुने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो मोबाईल एप सेवा पूर्ण अनलाइन रजिष्टर गर्न मिल्नेखालको हुने जानकारी दिएको छ । जसबाट सेवाग्राहीले स्वयम आफैले घरमै बसेर दर्ता गर्न सक्ने बताइएको छ ।

कोरियाबाट पठाएको १०मिनेटमै नेपालमा रहेका आफन्तजनहरुले नेपाल अधिराज्यभरका सिटी एक्सप्रेस मनी ट्रान्सफरका पाँच हजाभन्दा धेरै भुक्तानी केन्द्रहरु बाट पैसा पाउनेछन् । साथै नेपालमा कुनै पनि बैंक खातामा पनि सजिलै रकम जम्मा गर्न मिल्नेछ ।

जीमनीको सेवा उपयोग गर्दा तोकिएको रकम पठाउने न्यूनतम शुल्क बाहेक कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जानकारी दिइएको छ । सरल, सुरक्षित, छिटो, छरितो र सहज सेवाका साथ सञ्चालनमा आउन लागेको जिमनीको सेवा शुरु भैसकेपछि कोरिया र नेपालमा रेमिट्यान्सको नयाँ आयाम थपिने कम्पनीके दावी छ । यसले अवैध रूपमा चलिरहेको हुण्डी कारोवार पनि घट्ने दावी पनि कम्पनीले गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिका, जापान, यूएई, भारत, साउदी अरब, कतार, मलेसिया, बेलायत लगायत नेपालीहरु कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

Loading...