घरकाे छतमै यसरी खेती गर्ने अत्याधुनिक प्रविधि अायाे (तस्विर सहित)

काठमाडाैं । नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो । तर सरकारको नयाँ प्रयोग र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ ।

सन् २००८ मा वेनचुआन भूकम्पका कारण जिन्ताई गाउँनजिक करीब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस बेघर भएका थिए ।त्यसपछि सन् २०११ मा भयंकर पानी परेर पहिरोका कारण फेरि बनाइएका घर पनि ध्वस्त भए ।

तर, त्यसपछि सरकारले गाउँलेहरूको सहायताका लागि हङकङ विश्वविद्यालयमा यी घरहरूको डिजाइन बनायो ।भूकम्प लगायतका प्राकृतिक विपद् जस्ता स्थितिमा बलियो गरी अडिने र मानिसको जीवन पनि सहज बनाउने घरहरू बनेका हुन् ।

यही आइडियामा काम गर्दै सरकारले गाउँमा २२ वटा भवन बनाएको छ । तिनको छतमा खेती गर्न सकिन्छ । यी घरमा मानिसले अन्न उमार्नुका साथै जनावर पनि पाल्न सक्छन् । घरलाई भारी बर्खाबाट बचाउनका लागि रेनवाटर हार्भेस्टिङको सुविधा पनि दिइएको छ ।पहाडले घेरिएका घरहरूको डिजाइन नै यसरी गरिएको छ कि घर र सडकबीच ठूलो स्पेस छ । मानिसले पसल र व्यापार बढाउन सकून् भनी यसो गरिएको हो । 

Loading...