उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा

प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् । 

नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए । प्यूठानबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका उम्मेदवारहरुका घरमा समेत चुनाव खारेजीका नारा लेखिएकाे बताइएकाे छ । 

जनस्वयमसेवक अध्यक्ष बुढाले भने, ‘पुरानै व्यवस्थालाई जनतामा लाद्‍न चुनाव गरिँदैछ, यही सन्देश जनतामा पुर्‍याउन प्रचारात्मक कार्यक्रम भइरहेका छन् ।’ उनले याे चुनावलार्इ खारेज गरेर नेपालमा जनताकाे सत्ता स्थापनाका लागि प्यूठानी जनता लाग्नेमा विश्वास व्यक्त गरे । 

Loading...