राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

नुवाकोट, १७ कार्तिक । नुवाकोटमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । देशभरबाट आएका तेक्वान्दो खेलाडीहरु प्रतियोगितामा सहभागी बन्न नुवाकोट पुगेका छन् ।

नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेनाको त्रिभुवन क्लब, सशस्त्र प्रहरी टोली र आयोजक नुवाकोट गरी आठ टोली सहभागी भएका छन् । आइटिएफ तेक्वान्दो प्रतियोगिताका संयोजक वासुदेव भट्टले प्रतियोगितामा ४१–४१ स्वर्ण र रजत तथा ८२ कास्य गरी १६४ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।

संयोजक भट्टले प्रतियोगितामा २०० खेलाडीको सहभागिता रहेको जानकारी दिए ।

Loading...