कलेज युवतीमध्ये स्वाती श्रेष्ठ सबैभन्दा सुन्दरी घोषित

काठमाडौं । स्वाती श्रेष्ठ कलेजमा पढ्ने युवतीमध्ये सबैभन्दा सुन्दरी भएकी छन् । सिजन मिडियाले राजधानीमा अायाेजना गरेकाे ‘मिस टिनकलेज २०१७’ प्रतियाेगितामा उनी सुन्दरी घाेषित भएकी हुन् ।

काठमाडाैंकाे रिलायन्स कलेजमा विविस तेस्रो वर्षमा अध्ययनरत १९ विर्षिय स्वातीले कलेज सुन्दरीकाे शीर्ष ताज जितेकी हुन् । उनले विधागत तर्फको ‘मिस मल्टीमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उपाधीसँगै स्वातीले उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर पनि पाएकी छन् ।

प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप पारेकी छन् । लुनाले विधागत तर्फ अर्गनाइजर च्वाइस पनि हात पारेकी छन् । त्यसैगरी दिक्षा थापा सेकेण्ड रनरअप हुनुका साथै मिस पर्सनालीटी अवार्ड पनि जितेकी छन् । प्रतियाेगितामा अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअपका साथै वेष्ट ईस्टाइलीस अवार्ड पनि हात पारिन ।

विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्यालेन्ट’ बन्न सफल भइन् । रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ पोल्टामा पार्दा सुस्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा मिस फोटोजेनिक, सुचीता अधिकारी मिस हेल्दी स्माइल, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा ,नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रवन्ध निर्देशक महेश वावु तिमलसिना, पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी रहेका थिए ।

Loading...