हजुरअामाकाे मलामी गएका नाती घाटबाटै अलप

पाल्पा, १५ कार्तिक । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएका हुन् ।

हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताएका छन ।

स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी जारी राखेकाे जनाएकाे छ ।

Loading...