धुर्मुस सुन्तलीले बनाइरहेको गौतम बुद्ध रङ्गशालालाई सन्दिप लामिछानेको साथ, दिए ७०७८४

काठमाडौं, २९ माघ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन् ।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित श्रृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । उनले ६ ओभर बलिङ गर्दै एक मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए ।

त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो । हरेक टिमसँग दुई–दुई खेलको श्रृंखलामा ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेटविहीन भएका थिए ।

Loading...