मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना

पाल्पा,२९ माघ । मदनपोखराबाट तरकारी लिएर बुटवलतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको छ । तानसेन ९ तिन्टीआँपबाट तरकारी लिएर हिंडेको लु २ च ३१४ नम्बरको बलेरो गाडी तानसेन ९ बाहुनखोला सालघारीमा दुर्घटना भएको हो ।

सहकारीका सहसचिव एवम बजार प्रतिनिधि चिन्तामणि भट्टराई र अनिल थापा सकुशल छन । गाडी सडकबाट करिव १०० मिटर तल खसेकाले काउली र अन्य तरकारी पोखिएको छ भने गाडीमा क्षति भएको छ । सहकारीको गाडी तरकारी लिएर दैनिक बुटवल बजार जाने गर्दछ ।

Loading...