एनआरएनए कोषाध्यक्षमा थापा र युवा संयोजकमा शाहको उम्मेदवारी

काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहेका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम जारी रहेकाले त्यसलाई सम्पन्न गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

संस्था आर्थिक रूपमा बलियो नहुँदा धेरै साथी अभियानमा सहभागी हुन नसकेकाले एनआरएनलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने उनको चुनाबी नारा छ ।

यसैगरी एनआरएन युवा संयोजकका लागि शाहले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अस्ट्रेलियाको तीन कार्यकाल उपाध्यक्ष भएका उनले उक्त पदमा उम्मेदवारी घोषणा गरेका हुन् । युवाको नेतृत्व विकास गर्नें र विश्वभर छरिएर रहेका नेपाली युवा सीपलाई मातृभूमि नेपालसम्म पु¥याउने आफ्नो चुनाबी नारा रहेको उनले बताए । देशभित्र र बाहिर रहेका युवाको बृहत् संयुक्त सम्मलेन गरी एकअर्काको अनुभव साटासाट गर्ने तथा स्वदेशमै स्वरोजागर बन्न प्रेरित गर्ने आफ्नो योजना शाहले उल्लेख गरे । एनआरएनको आठौँ विश्व सम्मेलन यही असोज २८ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

Loading...