काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् ।

जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

Loading...