पन्त र भट्टको जोडीले जिते शुक्लाफाँटा ब्याडमिन्टनको उपाधि

भीमदत्तनगर, १० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा ब्याडमिन्टन कपको उपाधि प्रदिपराज पन्त र तेजराज भट्टको जोडीले जितेको छ । झलारी बजारमा आज सम्पन्न फाइनल खेलमा पन्त र भट्टको जोडीले कमलराज पाण्डेय र महादेव भट्टको जोडीलाई २–० सोझो सेटमा पराजित गरेको हो ।

पाण्डेय र भट्टको जोडीले सो खेल २१–१९ र २१–१९ अङ्कले जिते । उपाधीसँगै उनीहरूले रु २५ हजार र ट्रफी प्राप्त गरेको उक्त प्रतियोगिताका प्रमुख रेफ्री दिलबहादुर धामीले जानकारी दिए ।

उपविजेता बनेको पाण्डेय र भट्टको जोडीले रु १५ हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा परमानन्द जोशी र विनोद भट्ट तथा डम्बरदत्त भट्ट र चक्रदेव अवस्थीको जोडीतृतीय भयो । उनीहरू रु १०÷१० हजारबाट पुरस्कृत भए ।

विजयी खेलाडीलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, नेपाल ब्याडमिन्टन सङ्घका राष्ट्रिय उपाध्यक्ष गोविन्द स्वाँरलगायतले पुरस्कार वितरण गरेका थिए । शुक्लाफाँटा ब्याडमिन्टन सङ्घको आयोजनामा भएको सो प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नं२ का ३२ टोली सहभागी थिए ।

Loading...