जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए

टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ ।

जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक रहेकाे हानेडा विमानस्थलमा अाेर्लने बित्तिकै नियन्त्रणमा लिइएकाे थियाे । उनीहरुलार्इ २४ घन्टा अध्यागमनले नियन्त्रणमा राखेकाे थियाे ।

पाैडेललार्इ अध्यागमनले समातेपछि नेपालमा समेत ठूलाे चर्चा चलेकाे थियाे । उनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समेत लागेका थिए । साथै जापानस्थित नेपाली दुतावासले पनि पाैडेललार्इ छुटाउन निकै मेहनत गरेकाे थियाे । कार्यक्रमका अायाेजकले तत्काल नेपाल खबर गरेर सरकारलार्इ पहल गर्न लगाए पनि केही सीप नलागेकाे बताइएकाे छ ।

पाैडेल कांग्रेसका अर्का नेता धनराज गुरुङसँगै जापान लागेका थिए । जापानकाे अध्यागमनले नेता गुरुङलार्इ भने नियन्त्रणमा नलिएकाे बताइएकाे छ । उनीसँग राताे पासपाेर्ट भएका कारण उनी अध्यागमनबाट सहजै बाहिरिए पनि नेता पौडेल र न्याैपानेलाई भने अध्यागमनले निनयन्त्रणमा लिएर साेधपुछ गरेकाे थियाे । पत्रकार न्याैपाने स्वास्थ्यखबर पत्रिकाका प्रकाशक हुन ।

स्राेतका अनुसार उनीहरुले अाफ्नाे साथमा अरु पनि केही मान्छे लगेका कारण समस्यामा परेका हुन् । साथमा लगिएका मानिसहरु के कारणले जापान लगिएका हुन् भन्ने थाहा हुन सकेकाे छैन । उनीहरुले जापानबाट नेपाल फर्किने कुरामा आश्वस्त पार्ने गरी जवाफ दिन नसकेपछि समस्यामा परेकाे बताइएकाे छ ।

उता कांग्रेसकाे भातृ संगठन नेपाली जनसम्पर्क समितिले भने नेताहरुका लागि स्पाेन्सर गराइएकाे व्यक्तिकाे फाेन समयमा नउठेका कारण समस्या अाएकाे बताएका छन् । जापानमा कार्यरत एक नेपाली पत्रकारका अनुसार नेता पाैडेलले जहाजमा दिइएकाे अध्यागमनकाे फर्ममा अाफ्नाे पेशा पत्रकारिता र राजनीति भनेर लेखेका कारण पनि याे समस्या अाएकाे बुझिएकाे छ । साेही कारण अध्यागमनले उनीमाथि बढी निगरानी गरेकाे र सँगै उनीसँग अरु मानिसहरु समेत रहेकाे थाहा पाएपछि अध्यागमनले दुतावासकाे समेत कुरा नसुनेकाे उनले बताए ।

जापानकाे अध्यागमनमा २४ घन्टा नियन्त्रणमा परेर फर्काइएका नेता पाैडेल अाज रातीसम्म काठमाडाैं अाइपुग्ने बताइएकाे छ । जापानी अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् । यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता कुमार पौडेल लगायतका नेतालाई पनि अध्यागमनबाट फर्काइएको थियो । त्यस्तै बैद्य माअाेवादीका उपाध्यक्ष सीपी गजुरेल, पत्रकार ऋषि धमला लगायतलाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

Loading...