प्रचण्डलाई छोडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं, २५ भदौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) छाडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ नेता कार्यकर्ता नेपाल कम्युनिस्ट

पार्टीमा प्रवेश गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । नेपालको राजनीतिलाई सम्हाल्न तथा राजनीतिक आन्दोलनलाई पूर्णता दिनका लागि विप्लवको नेतृत्वमा नेकपाले मात्र सक्ने घोषणा गर्दै उनीहरुले पार्टी प्रवेश गरेको जनाएका छन् । साथै उनीहरुले प्रचण्डले स्पष्ट रुपमा संसदीय प्रजातन्त्रको बाटो समातिसकेकाले उनी विगतमा आफैले स्थापित गरेका मुल्य मान्यता र सिद्धान्तबाट विचलित भएको बताएका छन् । त्यस दिशाबाट केही सीमित मान्छेहरुको मात्र स्वार्थ पूरा हुने तर आम जनता र देश सधै अनिश्चय, अराजकता र अस्थिरताको बाटोमा रुमल्लिरहने खतरा रहेको भन्दै त्यसलाई रोक्न आफूहरु अब क्रान्तिकारी पार्टीमा समाहित भएको प्रतिक्रिया दिएका छन् ।

यसरी प्रचण्डलाई परित्याग गरी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी, जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर तथा केन्द्रीय सदस्य जोखिम, केन्द्रीय सदस्य कृष्णबहादुर बिक, कृष्ण बस्नेत, रामसिंह, बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्तिका केन्द्रीय सदस्य बाबुलाल पासवान, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार झपेन्द्र बैद्यलगायत छन् । गिरी गत जेठमै माअाेवादी केन्द्र परित्याग गरेकाे घाेषणा गरी स्वतन्त्र भएकाे घाेषणा गरेका थिए । राजधानीकाे अनामनगरस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गरेर उनले अाफूलार्इ प्रचण्डले प्रयाेग मात्र गर्न खाेजेकाे भन्दै साे पार्टी परित्याग गरेकाे स्पष्ट पारेका थिए । राेल्पाका थुप्रै नेताहरुलार्इ पढाएका गिरी त्यतिबेला माअाेवादी केन्द्रकाे बुद्धिजीवी संगठनकाे केन्द्रीय अध्यक्ष थिए । 

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले उनीहरुलाई ढाकाको खादा र रातो टिका लगाएर स्वागत गरेका थिए ।

Loading...