ज्यापु समाजको साधारण सभा प्रम देउवाले गरे उद्घाटन

ललितपुर, १४ भदौ । ज्यापु समाज ललितपुरको चौबीसौं वार्षिक साधारणसभा ललितपुरमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक समारोहकाबीच सभाको उद्घाटन गरेका हुन् ।
्द्द
ललितपुर महानगरपालिका वडा नम्बर आठ स्थित भोलढोकामा रहेको ज्यापु प्रज्ञा भवनमा आयोजित साधारण सभाको उद्घाटन गर्नुका साथै प्रम देउवाले ज्यापु प्रज्ञा भवनमा रहेको म्युजियमको समेत अवलोकन गरे । ज्यापु समाजको पहलमा निर्माण भएको उक्त म्युजियममा जन्मदेखि मृत्यु संस्कारको विभिन्न कलात्मक दृष्यहरु राखिएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समाज जस्तो सामाजिक संस्थाले समाज, सामाजिक उत्थान र समाजप्रति उत्तरदायी हुने कार्य गरेकोमा प्रशंसा समेत गरे । उनले ज्यापु समाजले आफ्नो कला, संस्कृति र साँस्कृतिक परम्परा जोगाई राख्न अनुकरणीय, उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजका अध्यक्ष प्रेम महर्जनले पुर्खाहरूले जोगाउँदै आइरहेको ऐतिहासिक सम्पदाहरू जगेर्ना गर्नेमा सीमित नरही शिक्षा र आर्थिक समृद्धिको दिशातिर अग्रसर हुदै अघि बढिरहेको बताए । 

ज्यापु समाजले आफ्नो स्थापना भएको चौविस वर्षमा ज्यापु वृद्धाश्रम, ज्यापु कल्याणकारी भवन निर्माण भइरहेको बताए । ज्यापु समाजको स्थापना विसं २०५१ भदाै २४ गते भएकाे थियाे । समाजले एसईई मा उत्कृष्ट अंक ल्याउने पुरुष र महिलाहरु समेत सम्मान गरिएको थियो । ज्यापु समाजले ९८ वर्षीय कान्छा व्यञ्जनकारलाई दोसल्ला ओढाएर सम्मान गरेकाे थियाे । 

Loading...