एकाएक घरमाथि यात्रु बस खसेपछि

नुवाकोट, २४ भदाै । काठमाडौंबाट नुवाकोट जाँदै गरेकाे एउटा बस नुवाकाेटकाे गुरुङगाउँमा पुगेपछि एकाएक दुर्घटनामा परेकाे छ । काठमाडाैकाे नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकाेटकाे खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्री बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटनामा परेकाे हाे ।

बस सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको थियाे । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्। मृत्यु हुनेहरुमा तादी गाउँपालिकाका ६७ वर्षीया ठूलीमाया तामाङ, विदुर नगरपालिकाका २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका, नर्जामन्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने, ५७ वर्षीय लालबहादुर तामाङ, २२ वर्षीया सविना तामाङ र उजेली मिजार रहेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंका ग्रान्डी, ग्रीनसिटी, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । चालक फरार रहेका जनाइएको छ । बस सडकबाट करिब ३५० मिटर तल खसेर स्थानीयको घरमा बज्रिन पुगेको थियो ।

Loading...