उडिरहेको हवार्इजहाजबाट नाङ्गै हामफाले यी संगीतकार

एजेन्सी । अस्ट्रेलियाका एक संगीतकारले निर्वस्त्र अाकाशबाट हाम फालेर रेकर्ड कायम गरेका छन् ।

ग्लेन डाेनेली नाम गरेका अस्ट्रेलियन संगीतकारले अाफ्नाे जन्मदिनका अवसरमा हवाइजहाजबाट नाङ्गै हाम फालेका हुन् । अाकाशमा उडिरहेकाे हवार्इजहाजबाट नाङ्गै हामफालेका डाेनेलीले गितार भने साथमै बाेकेका थिए । गितार बजाउँदै उनी जमिनमा झरेका थिए । डाेनेलीले यो कार्य अाफ्नाे जिन्दगीको एउटा इच्छा भएकाे र त्याे पूरा भएकाे बताएका छन् ।

३० औं जन्मदिनका अवसर पारेर उनले निर्वस्त्र स्काइडाइभ गर्ने निधो गरेर पूरा गरेका हुन् । उनी तल खसिरहँदा भायलिनमा कुनै धून बजाउने योजना बनाएका थिए । आइतबार अष्ट्रेलियाको न्यु साउथ वेल्समा उनले यो नयाँ कीर्तिमान राखेका हुन् ।

स्काइडाइभिङको सुरुवातमा उनले बेलायती संगीतकार राल्फ भन विलियम्सको धून बजाए र तीव्र गतिमा तल झरिरहँदा उनले आफ्नै लागि ह्याप्पी बर्थडेको धून बजाए । बेलायती संगीतकारको धून हावामा उड्ने पंक्षीहरुप्रति समर्पित निकै उत्कृष्ट धून रहेको र आफ्नो त्यो बेलाका लागि उपयुक्त रहेको उनी बताउँछन् ।

न्यु साउथवेल्सका युवायुवतीहरुलाई आफ्नो स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यले उनले निर्वस्त्र स्काइडाइभ गरेका हुन् ।

Loading...