रोल्पाका जिशिअ चिरञ्जीवी पाैडेललाई नेकपाले दल्यो कालोमोसो

रोल्पा, १२ भदौ । रोल्पाको शैक्षिक क्षेत्रमा ठूलो भष्टाचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको छ ।

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेकपाका कार्यकर्ताले आज कालोमोसो दलेका हुन् । नेकपाका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले जिशिअ पौडेलले विभिन्न विद्यालयको ब्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा ठूलो भ्रष्टाचार गरेका कारण जनताले कारवाही गरेका बताए । साथै जिशिअ पौडेलले शिक्षा ऐन तथा नियमावली विपरीत जिल्लामा आफूखुसी काम गरेको उनले बताए ।

नेता जागृतिले जिशिअ पौडेलले गरेका भ्रष्टाचार र कानुन विपरित गरेका सबै काम सार्वजनिक गरेर भण्डाफोर गरिने बताए ।

Loading...