अमेरिकामा चक्रपातको वितन्डा

एजेन्सी । अमेरिकामा आएको चक्रपातले ठूलो वितण्डा मच्चाएको छ । चक्रपातबाट ठूलो धनजनको क्षति पुर्याएको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म कम्तिमा पनि २ जनाको ज्यान गएको छ ।

शुक्रबार अबेर रातीदेखि आएको हर्भि नामको चक्रपातले टेक्सासको जनजीवन अस्तव्यस्त बनाएको छ । सो आँधी प्रतिघन्टा २ सय १५ किलोमिटरको गतिमा आएको बताइएको छ । आँधीमा परी कति क्षति भयो भन्ने अझै एकिन हुन नसकेको समाचार संस्था बिबिसिले जनाएको छ ।

चक्रपातले सबैभन्दा बढी क्षति रॉकपोर्ट शहरमा पारेको बताइएको छ । त्यहाँका भौतिक सरचनामा नराम्रो क्षति पुगेको छ ।

आँधीकै कारण अन्य विभिन्न शहरमा पनि बिजुली र टेलिफोन सेवा अबरुद्घ भएको छ । आँधी प्रभावित क्षेत्रबाट मानिसहरु सुरक्षित स्थानतिर लागेको बिबिसिले जनाएको छ ।

 

Loading...