हरिवन नगरपालिकाको करिब ७५ करोडको बजेट प्रस्तुत, बगमतीको झण्डै डेढ अर्व

प्रेमनाथ पौडेल

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो आर्थिक बर्ष ०७६/०७७ को लागि  आफ्नो तेस्रो वार्षिक नीति तथा कार्यक्रम मंगलवार सार्बजनिक गरेको छ ।

 हरिवनस्थित सगुन सहकारी को सभा हलमा नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो ।

नगर प्रमुख गणेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रम मा आर्थिक बर्ष ०७६/७७को लागि चालू तथा पुजिगत खर्च लागि ७४ करोड ७९ लाख ८८ हजारको अनुमानित बजेट समेत प्रस्तुत गरिएको छ ।

जसमा संघिय सरकारबाट ३१ करोड ३८ लाख प्रदेश सरकार १करोड ४२ लाख ३८ हजार ,सामाजिक सुरक्षा कार्यक्रमबााट  ८ करोड ,बहुक्षेत्रीय पोषण कार्यक्रम मा १७लाख ७५हजार ,स्थानिय शासन तथा सामुदायिक बिकाश कार्यक्रम १०लाख राजश्व बाडफाड बाट ९करोड ९९लाख सडक बोर्ड ८०लाख ,नगरबिकाश कोष ॠण १०करोड जुटाउने लक्ष्य लिइएको छ ।

त्यस्तै नगरपालिका आन्तरिक श्रोत ४ करोड ७० लाख , बैदेशिक आप्रावासन सुचना केन्द्र २३लाख ,सम्पुरक विशेष अनुदान ५ करोड ,रास्ट्र्पती चुरे मधेश संरक्षण बिकाश कार्यक्रम २ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै आजको कार्यक्रममा मेयर गणेश प्रसाईंले नगरपालिकालाई डिजिटल नगर बनाउनको लागि नगरका विभिन्न स्थानमा डिजिटल प्रतीक्षालय निर्माण गरि नगर का सुचना तथा अन्य बिज्ञापनलाई प्रसारण गर्ने ,११ किमि कालो पत्रेसडकको अबधारणालाई ल्याई रिङ्ग रोडको निर्माणमा टेवा पुर्याउने बताए ।

डिपिआर तयार भै सकेका चक्रपथ निर्माणको लागि संघ तथा प्रदेश समन्वय गरि नगरकै बजेट बाट चक्रपथ तीन बर्ष भित्र निर्माण सक्ने बतााए।

 
आर्थिक मेरुदन्डलाई ब्यबस्थित बनाउन सहकारी संस्था हरुलाई नियमन र ब्यबस्थापनमा जोड दिने र दैनिक उपभोग्य बस्तु कृषि,बन, मतस्य तथा पशुपालन उत्पादन र बिक्रि बितरण गर्ने सहकारी लाई करमा छुटको अबधारणा ल्याई अनुदानका साथै सुपथ मूल्य सहकारी पसल संचालनमा जोड दिइने जानकारी गराए ।

नगरपाालिकले हरेक वडामा प्रौढ तथा बितिय कक्षा संचालनका साथै दक्ष जनशशक्त्ति गुणस्तरीय तथा प्राबिधिक शिक्षामा जोड दिइने नीति अघि सारेको छ ।
यस्तै फोहर मैला ब्यबस्थापन का लागि ल्याण्ड फिल्ड साईड लाई ब्यबस्थापन कार्य लाई अगाडि बढाउने, प्रजनन स्वास्थ्य तथा चेतनामुलक काम लाई अघिबढाउने जनाईएको छ ।

संघिय र प्रदेश सरकार को समन्वय मा १५सैया को अस्पताल निर्माण को लागि पहलगर्ने जनाईएको छ हरिवन लाई फुल तथा बेर्ना उत्पादन मा आत्मानिर्भर बनाउने लक्ष्य लिएको छ !नगर स्तरिय पशुपालन तथा कृषी कार्य लाई दिर्धकालिन योजना तयार गरि अत्याधुनिक औजार तथा उपकरण प्रयोग गरि कृषि उत्पादन मा वृद्धि गर्ने लक्ष्य लिएको छ ।

यस्तै कार्यक्रम ले एकल, जेष्ठ, लोपन्मुख, अनाथ अपाङ्गको लागि सुरक्षाको ग्यारेन्टी गर्दै शिक्षा स्वास्थ्य मा निशुल्कको ब्यबस्था गर्ने जनाईएको छ ।
नगरको पहिचान दिलाउन सफल खेलाडी कलाकार र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी उपभोक्ता समितीलाई सम्मान तथा पुरस्कृत गर्ने कुरा मा जोड दिएको छ ।

बिकाश निर्माण तथा पुर्बाधार निर्माण मा सर्बजनिक तथा निजि साझेदारी नीति लाई अबलम्बन गर्ने गरि काम अघि बढाईने कुरा मा जोड दिएको छ ।
त्यस्तै नगरपालिका को बिनियोजित बजेट बिधेयक तथा आर्थिक बिधयक २०७६ पनि उपस्थित सभाले पास गरेको छ ।
कार्यक्रममा वडा नम्बर ११ का वडा सदस्यले संघिय प्रदेश ले आफ्ना सांसद बिकाश कोषको लागि बजेट छुट्याएको जस्तै नगरका सासद सदस्यको लागि पनि बजेट छुट्याउन माग गरे। 
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रेनुका पौडेल ,प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल ,शिक्षा अधिकारी नवराज निरौला नगरपालिका कार्यपालिका का सथै नगरसभा सदस्य लगायत को उपस्थिती रहेको थियो ।

यसै बिच लालबन्दी ले ६६ करोड ११ लाख ,बागमती नगरपालिका ले १अर्ब ४६ करोड ९५ लाख ,लालबन्दी ६६ लाख ९८ लाख र बरहथवाले ६६ लाख ३१ लाख ७४ हजारको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन भने दक्षिणि क्षेत्रका केही स्थानीय निकायले नीति तथा कार्यक्रम केही दिन भित्र सार्वजनिक गरि सक्ने बताएका छ्न ।

Loading...