सबैभन्दा छिटो करोड भ्यू पाएर गलबन्दीले तोड्यो अर्को रेकर्ड, अञ्जलीको लजालु एक्स्प्रेसनको सर्वत्र चर्चा

काठमाडौं । पछिल्लाे समय लगातार नम्बर वान ट्रेन्डिङमा परेकाे चर्चित म्यूजिक भिडियाे गलबन्दी सबैभन्दा छाेटाे समयमा एक कराेड भ्यू पाउने भिडियाे भएकाे छ । सर्वाधिक चर्चा पाएकाे लोकगीत ‘गलबन्दी’ लाई एक करोड दर्शकले हेरेका छन् ।

चर्चित लाेक गायक प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो । यो गीत नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका भिडियोमध्ये सबैभन्दा छिटो एक करोडले हेर्ने गीत बनेको छ । प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लाकेप्रिय भएको थियो ।

‘गलबन्दी’ को भिडियोमा मा अञ्जली अधिकारी र प्रकाश सपूतको अभिनय रहेको छ । यो गीतमा भएका संवादहरु पछिल्लो समय खुबै रुचाइएका थिए । यस्तै गीतमा अञ्जली अधिकारीको लजाएको अभिनयलाई दर्शकले खुबै रुचाएका छन् ।

गीतको भिडियोमा प्रकाश सपूतकै निर्देशन देख्न सकिन्छ । रोधीमा गाइने गीतको शैलीमा तयार पारिएको यो गीतलाई सबै वर्गका दर्शकले उत्तिकै रुचाएका छन् ।

हेर्नुहाेस् गलबन्दीमा अञ्जलीकाे लजालु एक्स्प्रेसन

Loading...