एजेन्सी । इन्टनेटको माध्यमबाट गोप्य जानकारी चुहावट तथा गोपनियता भंग भएका घटना बढिरहेको अवस्थामा ई-कमर्स कम्पनीहरु तथा सामाजिक सञ्जालहरु भने विश्सनीय ब्राण्डको रुपमा स्थापित हुन थालेका छन् ।
रिसर्च कम्पनी टिआरए (ट्रस्ट रिसर्च एड्भाइजरी) को हालै सार्वजनिक एक रिपोर्टअनुसार भारतलगायत अन्य मुलुकमा ई-कमर्स कम्पनी अमेजन इन्टरनेटमा विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको देखिएको छ ।
अमेजनपछि गुगल र फेसबुकले विश्वसनीय ब्राण्डको स्थान प्राप्त गरेका छन् । डेटा एनालिसिस कम्पनीको ब्राण्ड ट्रस्ट रिपोर्ट २०१९ अनुसार सर्वेक्षणमा ३२ इन्टरनेट ब्राण्डलाई सामेल गरिएको छ । यसमा फेसबुकको स्वामित्व रहेको म्यासेजिङ्ग एप कम्पनी वाट्स एपलाई पछि पार्दै भारतमा म्यासेजिङ्ग एप हाइक चौथो स्थानमा रहेको छ । वाट्स एप भने दशौँ स्थानमा छ ।
यस्तै अनलाइन रुम बुकिङ्ग गर्ने सेवा प्रदायक भारतीय कम्पनी ओयो रुप पाँचौँ स्थानमा रहेको छ । पछिल्लो अध्ययनले इन्टरनेटमार्फत वस्तु तथा सेवा उपलब्ध गराउने सुविधाप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखिन्छ ।
यसले भविष्यमा अनलाइन सेवा थप प्रभावकारी हुने अध्ययनले देखाएको छ । यसका साथै यस्ता अनलाइन सेवा प्रदायकको व्यापार पनि दिनप्रति दिन बढ्दै गएको छ ।