सरकारले बन्द गर्यो विदेश जाने विद्यार्थीका लागि दिइने ‘नो अब्जेक्सन लेटर’ बन्द, लाखौ विद्यार्थीहरु अन्यौलमा

काठमाडौं । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ ।

नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् ।

एनओसी बन्द गर्नुको कारणबारे भने केही खुलाइएको छैन । एनओसी आवश्यक पर्ने कोर्सहरु युरोपियन क्रेडिट्स ट्रान्सफर एण्ड एक्युमुलेसन सिस्टम अन्तर्गत हुने र नेपालको स्नातक तह पहिलो वा दोश्रो वर्ष सो–सरह हुने बताइन्छ ।

आधिकारिक तथा औपचारिक प्रयोजनका लागि एनओसी आवश्यक पर्छ ।

Loading...