११ डिआईजी एआईजीमा बढुवा । बमबहादुर पछि जयबहादुर

काठमाडौं, १९ साउन । नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे सिफारिश अनुसार सरकारले ११ डिअाइजीलार्इ एअार्इजीमा बढुवा गरेकाे छ ।

अाज बिहान सिंहदरवारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनीहरुलार्इ बढुवा गर्ने निर्णय गरेकाे हाे । यसअघि बढुवा समितिले ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेकाे थियाे ।

मन्त्रिपरिषदले गरेकाे बढुवामा बमबहादुर भण्डारीकाे नाम पहिलाे नम्बरमा छ । त्यसैगरी यसअघि अार्इजेपीमा नियुक्त भइ सर्वाेच्च अदालतद्वारा बदर गरिएका जयबहादुर चन्द दाेस्राे नम्बरमा परेको छन्।

त्यसैगरी देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, र विजयकुमार भट्टकाे नाम बढुवा सूचीमा राखिएकाे छ  ।

गत असार ३१ गते गृहमन्त्रालयकाे बढुवा समितिले ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो।

सरकारले ९ जनाको दरबन्दी रहेको एआईजीको दरबन्दलाई बढाएर ११ पुर्‍याएको थियो। डीआईजीको पहिलो नम्बरमा रहेको नवराज सिलवाल भने एआईजीको बढुवाको सूचीमा परेका थिएनन्।

Loading...