काका स्वभावैले त थिए नैं, बाबजुद, शारीरिक हिसाबले पनि अजिवकै देखिन्थे । लाम्चो अनुहार, कुटिल चेहरा, तिखा आँखा, अनि खुइलिएका तालुका धनी ६० बर्षिय तिर्पट काका झन्डै ६ फिट अग्ला कदका थिए । यसमा के अजिवता छ र भनेर मेरो दोहोलो काढ्न नसक्ने हैन तपैहरुले । त्यसैले त म भन्दैछु, खानदानी भनौं या पुर्खौली, अथवा तिर्पट काकाले बरदानमा प्राप्त गरेका, के हुन्, उनको भुँडी चाहिँ हेर्न लायकको थियो । भुँडी अस्वभाविक रुपमा ठुलो थियो । भैरव अर्यालको शब्द सापट लिएर भन्नु पर्दा उनको भुँडीलाई हाँडीघोप्टे भुँडी भन्दा पनि भो । घ्याम्पे भुँडी भन्दा अझै उपयुक्त हुन सक्ला । किनकि, उनको भुँडी घ्याम्पो जस्तै तलसम्म झरेको थियो । हिंड्दाखेरि तिघ्रालाई छुन्थ्यो । कहिलेकाहीं त उनको भुँडी देख्दा मेरो घरको करेसामा फलेको देशी मेवाको झल्को आउंथ्यो । मेवाको वृक्षमा यत्ति ठुला ठुला फल लाग्दथे, त्यसको अनुपातमा बोटका हाँगाहरु यत्ति झिना हुन्थे कि कतिबेर लाछिने हुन् पत्तो हुँदैनथ्यो । त्यसैले ति फलहरुलाई जोगाउन तलबाट काठको टेको दिनु पर्दथ्यो । तिर्पट काकाका खुट्टा देख्दा मलाई तेही मेवाको बोटमा हालेको टेकोको याद आउंथ्यो । उनका खुट्टाहरु पनि शरीरको तुलनामा अत्यन्तै झिना देखिन्थे । उनको भुँडीलाई थाम्ने उनका झिना दुई खुट्टाहरु मेवाको फलमा टेको लगाएको घोचो जस्तै प्रतित हुन्थे ।
यो देखि बाहेक अर्को एउटा गुण पनि जोडिएको थियो तिर्पट काकाको देहसंग । जब उनि हिंड्दथे, कतिखेर बाटोको देब्रे कुनामा पुग्दथे, उनैलाई पत्तो हुँदैनथ्यो । कारण के थियो भने उनको भुँडी ८० प्रतिशत भन्दा बढी देब्रेपट्टि लर्किएको थियो । त्यो लर्किएको मात्र थिएन, लतारिएको पनि थियो । जुनचाहिं गएर देब्रे खुट्टाको तिघ्रामा ढेस्सा खान पुगेको थियो । फलतस् दहिनेको तुलनामा देब्रे खुट्टामा भार बढेको थियो । स्वभाविकै हुन आउँछ , कम भारवाला साधनको गति छिटो हुन्छ । जब दाहिने खुट्टाको गति बढ्छ, देब्रे खुट्टा क्रमशस् देब्रेतर्फ धकेलिन थाल्दछ । त्यसैले उनि बारम्बार बाटो छाडेर देब्रे भित्तातिर जोतिन पुग्दथे । त्यो हेर्दा मलाई तिर्पट भएको साइकलको याद आउंथ्यो । जव साइकलको पांग्रा तिर्पट हुन्छ, अगाडी बढ्न छाडेर दायाँ(बायाँतिर मोडिन थाल्छ । सोहि परि तिर्पट काकाको भुँडी पनि तिर्पट भएको कारणले उनको गतिले अग्रता हासिल गर्न सक्दैनथ्यो । खासमा उनको नाम शम्सेर शिंङ् हो तर उनि तृपट साइकल जस्तै दायाँ(बायाँ गर्ने भएकाले तन्नेरी पुस्ताले यस्तो हस्यौलो नाम जुराएका थिए । जे होस् उनको भुँडीले मलाई के सिकाएको थियो भनें, मान्छे यदि सिधा बाटोमा हिंड्ने हो भनें सर्वप्रथम उसले आफ्नो भुँडीलाई सिधा पार्नु जरुरि रहेछ । नत्र त कतिखेर अबाटोको खाडलमा परिन्छ, अन्दाज लगाउन मुश्किल पर्छ । खैर,यी शारीरिक कुराहरुलाई यतै बिसाएर अब हामी उनको सौखतिरै प्रवेश गरौँ ।
सम्पन्न परिवारका सदस्य भएका कारणले तिर्पट काकाका बिबिध सौखहरु थिए । अन्य ति सौखहरुको बोलिबिस्तार पछि लगाउंदै गरौंला । अहिले चै उनको नमस्कार खाने सौखको चर्चा गरौँ । आफूभन्दा ठुला, बुद्दिमान, गुनी, भलादमी व्यक्तिहरुप्रति सम्मानभाव प्रकट गर्दै दुई हात जोडेर गरिने नम्र अभिबादनलाई नमस्कार भनिन्छ । त्यो भाव व्यक्तित्वको सम्मान खातिर स्वतस्फुर्त भएर नमस्कारको रुप धारण गरेर प्रकट हुन्छ । त्यसो त करकापको नमस्कार(सलामी खाने ( खुवाउने चलन नभएको भने हैन । बिशेष गरेर फौजी बर्दीधारीहरुले आफूभन्दा कनिष्ठहरुबाट दमदार ढंगको सलामी खाने प्रचलन छ । तर उनि कुनै फौजी बर्दिधारी व्यक्ति पनि हैनन । र पनि उनी नमस्कारको सौखिन हुनुको राज रहस्यकै बिषय थियो । जे होस् मान्छेहरु उनीसंग जम्काभेट हुँदा एकथान नमस्कार टक्र्याउन बिर्संदैनथे ।
‘नमस्कार काका ǃ
नमस्कार ठुला बा ǃ
नमस्कार दाइ ǃ
नमस्कार भाइ ǃ
नमस्कार हजुर ǃ’
घरबाट बाहिर निस्कनसाथ साइनो अनुसार प्राप्त नमस्काररुपी सौगातलाई सम्हाल्दै फुरुङ्ग मुद्राका तिर्पट काकालाई प्रायजसो सडकपेटीतिर गफ मार्दै गरेको देख्न सकिन्थ्यो । यत्तिकैको भरमा नमस्कारको सौखिन भनेर भनिहाल्नु उचित होला र भनेर काकाको तर्फबाट बोलिदिने मान्छे नहोलान भन्न सकिन्न । हुन पनि हो, तेत्तिकैको भरमा यसो भन्नु उचित पक्कै पनि हैन । तर पनि म उनको छिमेकी हुनुको नाताले उनको लागि नमस्कारको महत्व कति छ, परकाहरुले भन्दा बढी मैले नैं बुझ्न सक्छु भन्ने मेरो दाबी हो । फेरी उनि चानचुने खालको नमस्करमा चित्त बुझाउने खालका मानिस पनि हैनन । रित पुग्या छ कि छैन, ढंग पुरयाएर गर्यो कि गरेन भन्नेमा उनको ठुलो दिलचस्प थियो ।
नमस्कार ठीकसँग नगरेको आरोपमा अस्ति भर्खर मात्रै तिर्पट काकाले घरको नोकरलाई निकालेर पठाए । यो १५(२० बर्षको अवधिमा नोकर निकालिएको यो संग उनको २१सौ पटकको थियो । गोडालाई सतर्क पोजिसनमा टेकाएर सुर्य नमस्कारको नियममा आबद्द भइ दुई हात जोडेर धनुषटङ्कार स्वरूप धारण गर्नु पर्नेमा कहिले के बिगार्ने, कहिले के बिगार्ने ,,,,। धेरै जसो नोकरहरुको जागिर नमस्कारको भाँती नमिलेकै कारण च्येट भएको थियो । नमस्कारबाट भन्या जस्तो स्वाद नपाएर तिर्पट काका आजित भएका थिए । तर एउटा नोकर चैं भन्या जस्तै परया थियो । सारै मजाले रित पुरयाएर गर्थ्यो । बेला बेलामा खुट्टा ठटाएर , जिउ तन्काएर फौजी पाराको सलाम पनि पढकाउथ्यो । यो सबै मेरै आँखाले देखेका हुन् ।
तर एक दिन के भो कुन्नि, ठुलै स्वरले कराएको सुनियो । तिर्पट काकासँग मुखमुखै लाग्यो त्यो । ‘सलामै गर्नुपरे ठाउँमै गएर गरौंला नि,,,,बेकारको ǃ’ ,,,,,’भात पका, भाँडा माझ, बच्चा हेर, बगैचा हेर, फूल गोड, घर-कम्पाउण्ड सफा गर, गाई हेर, गोबर सोहोर,,,,हाम्रो चै फलामको ज्यान हो र ? यत्रो काम गर्दा पनि सुख नदिने रु बिहानै सलाम –बेलुकै सलाम ǃ ओछ्यानमै आएर सलाम ǃ भान्सामै सलाम ǃ चौबिसै घण्टा टक्र्याउनु पर्ने ? नानाभाँतीको पोज दिइ(दिइ नमस्कार अर्पनु पर्ने रु’ युबक मुर्मुरिदै थियो । ‘यत्ति सलाम गर्न जानेको मान्छेले त ठाउंमैं काम पाउँछ नि ǃ’
टोलछिमेकका युवाहरुले समेत सामुन्नेमा छंदा तिर्पट काकालाई शम्सेर काका भनेर सम्बोधन गर्थे । तर आज उसले बुढाको सामुमै तिर्पट बुढो भनेर रिस पोख्यो ।नभन्दै केटो त्यहाँबाट निस्कियो । पछि थाह पाएँ, ऊ त सांचै नै फौजिमै जागिरे भएछ । त्यसको धेरै दिनसम्म तिर्पट काकाको मुहार मलिनो भयो । यसबाट पनि संकेत पाउन सकिन्छ कि तृपट काकामा नमस्कारको तिर्षणा कति गहिरोसँग गढेको रहेछ भनेर । खैर, यो रित र ढंगको मामला भने उनको घरको कम्पाउण्ड भित्र मात्रै लागु थियो । एउटाले अर्कोलाई नपुछ्ने जमानामा बाहिरकाहरुले त एक थान नमस्कार टक्र्याउनु नैं लाख बराबर थियो । केहि युवाहरुले त माथि उल्लेखित रित(ढंग पुरयौलान कि झैं गर्थे । तर त्यो ढंगमा उनीहरुको सम्मानभाव भन्दा बढी तिर्पट काकाप्रति व्यंग्य लुकेको हुन्थ्यो । त्यो व्यंग्य कसरी थाह हुन्थ्यो भने नमस्कार गरेर छुटेको लगत्तै ति युवाहरुको सामुहिक हासोले बाताबरण थर्कन्थ्यो ।
यस्तै चल्दै थियो । तिर्पट काकाको नमस्कार खाने(खुवाउने सिलसिला पनि जारी थियो । एक दिन मैले टोलकै कर्नर काजीका जोइपोइलाई चौकतिरबाट आउदै गरेको देखें । मैले उच्चारण गर्न नजानेर कर्नेल काजीलाई कर्नर काजी भनेको हैन । सुद्द उच्चारण गर्न जनेकोले नैं कर्नर काजी भनेको हूँ । यो नामको पनि आफ्नै कथा छ । उस जमानामा कर्नर काजी फुटबलका राम्रै खेलाडी रहेछन । २(४ चोटी पाएको कर्नर किकलाई गोलमा परिणत गराएछन् । बिपक्षी टिमलाई दशा लागेकोले हो अथवा कर्नर काजीको पुर्पुरोमा दियो बल्नु पर्ने लेखिएकोले हो, २(४ ओटा प्रहारलाई गोल पोस्टमा छिराए पश्चात उनका फ्यानहरुले उनलाई कर्नर काजीको उपाधि टक्र्याइदिएछन । काजी पदवी त उनको जिजुबाजेको हजुरबा काजी पदमा थिएका कारणले सरुवा हुँदै हुँदै आएको पुर्खौली बिरासत थियो । त्यसो त मौका परेको बेलामा काजीले मान्छेलाई पनि कर्नर हन्छन भन्ने नसुनेको हैन । जे होस् काजी चानचुने चै होइनन भन्ने प्रष्ट थियो ।
यत्तिका बर्षसम्म पनि मैले एउटा कुरा चै त्यत्ति सारो ध्यान दिएको रहेनछु जस्तो बल्ल महशुस भयो । त्यो के भने कर्नर काजी र तिर्पट काकामा कसले कसलाई नमस्कार गर्छन होला ǃ आफु भन्दा जेठाबाट समेत नमस्कार खाईआएका तिर्पट काकाले एक दुई बर्ष भाइ उमेरका कर्नर काजीबाट नै नमस्कार आउन सक्ने सम्भावना थियो । तै पनि कर्नर काजी नामैबाट रबाफिलो प्रतित हुन्थे । जे होस् आज पक्कै पनि मेरो यो खसखस मेटिने छ भन्ने व्यग्रतामा थिएँ ।
५(७ जना अरु मान्छेहरुको बिचमा तिर्पट काका नमस्कार खाइ ओरि गफिइरहेका थिए । अरु २(३ ओटा नमस्कार थपिइने सम्भावना बढेको देखेर तिर्पट काकाको आँखा कर्नर काजीको तर्फ पालक पुलुक, मालक मुलुक गर्न थाल्यो । साँझको बखत भएको कारणले काजी जोइपोईसंग नोकर एउटा पनि साथमै थियो । उसको हातमा चाहिँ सब्जिका थैलाहरु थमाइएका थिए ।
‘नमस्कार ǃ नमस्कार ǃǃ’
कर्नर काजीको चर्को आवाज सुनियो । यद्दपी मुखले अभिबादन गरे पनि काजी दम्पत्तिका दुवै हात पछाडी बानिएका थिए । संगैको नोकरले भने सब्जी सहितको हात अप्ठ्यारोसंग जोड्ने प्रयाश गर्दै थियो । तिर्पट काका न ठहरिए, थपिएको नमस्कार किन भुइँमा पोखिन दिन्थे ǃ दुवै हात जोड्दै ‘नमस्कार ǃ’ भन्दै शब्दको उच्चारण गरे ।
अब भने बल्ल कर्नर काजीले पछाडी बाँधिएको हात फुकाए, र तिर्पट काकाको जोडिएको हातको जबाफमा आफ्नो हातलाई पनि जोडेरै फर्काए । कजिनिले पनि तेसै गरिन् । ‘नमस्कार’ शब्दको आवाज मधुर स्वरमा गुन्जियो । गुन्जिरह्यो ।
यता मलाई भने अर्को टेन्सन थपियो । तिर्पट काकाले नमस्कार खाए कि खुवाए मलाई सारै दोधार भयो । नमस्कार गर्नेले त सुरुमै हात झिकेर जम्लेहात गरिहाल्छन् नि ǃ तर यी कर्नर काजीका जोइपोइको के पारा हो ǃ दुइटाई हात पछाडी लुकाएर ‘नमस्कार ǃ नमस्कार ǃǃ’ भन्छन् बा ǃ यो त तिर्पट काकालाई नमस्कार गरेका हुन् कि, उल्टै खोइ त नमस्कार गरेको तिर्पट बुढा ǃ भनेर काकासंग नमस्कारको डिमाण्ड गरेका हुन्, छुट्याउनै कठिन भयो । तर मैले के अनुमान लगाएँ भने, नमस्कार कर्नर काजिले नैं जिप्ट्याएका हुन् । तिर्पट काकाले हात जोडेर नमस्कार भने पछि बल्ल कर्नर काजीले आफ्ना पछाडी लुकाएका हात जोड्ने कष्ट गरेका कारणले पनि बाजी काजीकै पोल्टामा पुगेको स्पष्ट संकेत हो ।
साँझ पनि परेको, धन्दा सबै बाँकी भएकाले कर्नर काजी तिर्पट काकाको यो दुर्लभ नमस्कारलाई टप्काएर घरतिर हान्निए । अन्यहरुले पनि आआफ्नो बाटो तताए । काका एक्लै भएको अवसरमा मैले काजीसंग भर्खरै भएको नमस्कार कारोबारको चर्चा गरें । काजीको प्रक्रियामा खोट भएको कुरा औंल्याएं । षड्यन्त्रपूर्ण ढंगले नमस्कारको अपहरण भएको कुरा भने । जुन मैले माथि सोचेको थिएँ, बोलिबिस्तार लगाएँ । अघि सम्म हँसिलो – फारङ्ग – फुरुङ्ग तिर्पट काका छिनमैं निलो बने ।
‘हो, ठिक भन्येउ भतिज ǃ पाजीले फसाकै हो मलाई ǃ’ केहि बेर गमेर काका बोले । उनले आफ्ना पुर्खालाई सम्झे । उनीहरुको सौर्यपूर्ण व्यक्तित्वको चर्चा गरे । नोकर – चाकर – सुसारेदेखि लिएर समाजका गन्यमान्य व्यक्तित्वहरुले आफ्ना पुर्खालाई जिउहजुरी गर्ने गरेको ऐतिहासिक रहस्य उजागर गरे । पुर्खाको त्यो कडीलाई तोड्न नदिन खातिर धान्दै आएको आफ्नो चिनारीलाई आज काजीको धुर्त्याईले चौपट पारेको थाह पाएर तिर्पट काका किंगकर्तब्यबिमुढ़ बने । केहि क्षण टोलाएर निधारको पसिना पुछ्दै काका सुत्त गेट भित्र लागे । म आफ्नै तिर । बेलुका अबेरसम्म पनि काकाको कोठामा बत्ति बलेको देखिएन ।