डोकलामबाट भारतले सेना नहटाए काश्मिरमा सेना पठाउने चीनको चेतावनी

चिनले भारतविरुद्ध दियो पहिलो पटक यति आक्रोशित अभिव्यक्ति

काठमाडौं, १३ साउन । दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ ।

चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका अनुसार भारतले भुटानको पक्ष लिएर डोकलाम आएर निहु खोजेको भन्दै चीनले पाकिस्तानको आग्रहमा आफ्नो सेना जम्मू–कश्मिरमा जान सक्ने संकेत गरेको छ ।

जसरी भुटानको आग्रहमा भारतीय सेना डोकलाममा गए त्यसैगरी चिनियाँ सेना पाकिस्तानको पक्षमा जम्मू–कश्मिरमा गएर भारतसँग लड्न सक्ने बताएको छ । ‘यदि यस्तो भइरहने हो भने पाकिस्तानको अपीलका आधारमा जम्मू–कश्मिर मुद्दामा चिनियाँसेनाले दखल दिन सक्छ’ चिनियाँ अधिकारीलाई उदृत गर्दै पत्रिकाले लेखेको छ ।

पत्रिकामा भुटानले सहयोग नै नमागेको अवस्थामा भारतीय सेना डोकलाममा आएको बताइएको छ । भुटान र चीनको सीमा क्षेत्र डोकलाममा ४२ दिनदेखि भारतीय र चिनियाँ सेना आमने–सामनेको अवस्थामा छन् । चीनले सो क्षेत्रमा सडक निर्माण गरिरहेको छ ।

Loading...