६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

 

विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र प्रहरीले गरेको छ भने सुवेदीले अाफ्नो तलब भत्ताको रकम भएको दाबी गरेका छन् ।
थप सनुसन्धानको लागि भन्दै सुवेदीलाई चितवन प्रहरीले अख्तियारको बर्दिबास कार्यालय पठाएको छ ।

Loading...