ट्रम्पका कारण क्युवा र अमेरिका बीच फेरि सम्बन्ध बिग्रियाे

हवाना, ३१ असार । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् ।

“अमेरिकी वर्तमान राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कूटनीतिक सम्बन्धमा बाधा आउन सक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसद्को पहिलोसत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए । 

क्यास्ट्रोले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा कम्युनिष्ट राष्ट्र क्युवासँग सहकार्यका लागि दुई वर्ष पहिले हवानामा अमेरिकी राजदूतावास पुनःसञ्चालनमा ल्याउनु पहिले जनाएको प्रतिबद्धताबाट आंशिक रूपमा पछि हेटेको सङ्केत आएको भन्दै सम्बोधनमा ट्रम्पको आलोचना गरेका हुन् ।

पूर्वराष्ट्रपति ओवामाले सन् २०१५ कोे जुलाई २० मा हवानामा राजदूतावास खोल्दै क्युवालाई हेर्ने अमेरिकी दृष्टिकोणमा सुधार भएको घोषणा गरेका  थिए ।

ट्रम्पले केही दिन पहिले क्यास्ट्रो विरोधि आन्दोलनकारीलाई सानो हवाना भनेर चिनिने अमेरिकी शहर मियामीमा अमेरिकीलाई क्युवा जानमा कडाई गरिएको घोषणा गर्दै क्युवा अमेरिकाबीचको व्यापार सम्बन्धमा प्रतिबन्ध लगाएको बताएका थिए । 

 

क्यास्ट्रोले पछिल्लो नीति सन् १९६२ देखि लगाइएको क्युवाविरुद्धको प्रतिबन्ध जस्तै सम्बन्धमा कडाइको सङ्केत भएको जनाउँदै यसले पुरानो शीतयुद्धको अनुभूति गराएको संसद्को सम्बोधनमा बताए । 

Loading...