गोली हानेर दुईजना लागुऔषध कारोबारी गिरफ्तार

रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक […]

राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज […]

बालिका बलात्कारमा सम्लग्नमाथि कडाभन्दा कडा कारवाही गर्न अधिकारकर्मीहरुको माग

बुटवल, ९ भदाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालिका बलात्कार गर्नेलाई कडा कार्वाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन । साेमवार एक वक्तव्य जारी गर्दै अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशले दोषीलाई कानुन अनुसार सजायको माग गरेको हो । सञ्जालकी अध्यक्ष देबी ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन माग गरेकी छन् । […]

संसदीय समितिले दियो २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिन निर्देशन

काठमाडौँ, ९ भदाै । कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र विराेध भएपछि संसदीय समितिले यस्ताे निर्देशन दिएकाे हाे । रिपोर्ट आउन निकै ढिलाइ भएकाे भन्दै सर्वत्र […]

उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै जिल्लामा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका […]

‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश […]

रुकुम पश्चिमका तीन स्थानीय तहमा निषेधज्ञा जारी

बुटवल । रुकुम पश्चिमका तीन स्थानिय तहमा निषेधाज्ञा जारी गरिएको छ । आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमनको जोखिमलाई मध्ये नजर गरी आज बिहान ४ बजेदेखि भदौ १४ गत्ते आइतबार राती १२ बजे सम्मका लागि तीन स्थानिय तहमा निषेधज्ञा जारी गरिएको हो । रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले मुसिकोट नगरपालिका […]

कोरेन्टाईन, भेन्टिलेटर र आइसियू बेड संख्या बढाउन सरकारसँग सत्तारुढ दलकै माग

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले भेन्टिलेटर, क्वारेन्टाइन, आइसोलेसन सेन्टरका साथै आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन माग गरेको छ । आइतबार बुटवलमा बसेको पार्टीको बिस्तारित बैठकले कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि पहल लिन त्यस्ता व्यवस्थाहरु गर्नुपर्नेमा जोड दिएको हो । बैठकपछि बोल्दै नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईले स्थानीय सरकार, प्रदेश […]

मास्क नलगाउने १४०० लाई कारवाही गरेर उठाइयो १ लाख ४० हजार

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ । उनीहरूबाट एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम संकलन […]

नेकपाको कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ, ६ भदाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद अन्त्यका लागि सुझाव दिन गठित कार्यदलले आफ्नाे प्रतिवेदन बुझाएको छ। पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्न अध्यक्ष पुष्ककमल दाहाल ४ः३० बजे बालुवाटार पुगेका थिए। लामो समयदेखि नेकपामा बढेको आन्तरिक विवादमा […]