संसदीय समितिले दियो २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिन निर्देशन

काठमाडौँ, ९ भदाै । कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।

स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र विराेध भएपछि संसदीय समितिले यस्ताे निर्देशन दिएकाे हाे । रिपोर्ट आउन निकै ढिलाइ भएकाे भन्दै सर्वत्र विरोध भइरेका बेला संसदीय समितिले २४ भण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने अवस्था सिर्जना गर्न निर्देशन दिएको छ।

मंगलबार भएको समितिको भर्चुअल मिटिङले २४ घण्टाभित्रै रिजल्ट सम्बन्धित व्यक्तिलाई छोटो माध्यम इमेल, फोन अथवा भाइबरबाट जहाँबाट भए पनि उपलब्ध गराउन निर्देशन दिएको सभापति जय पुरी घर्तीले जानकारी दिइन्।

समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन दिएको छ। घर्तीले आइसोलेसन सेन्टर, भेन्टिलेटरको संख्या बढाउन पनि सरकारलाई सुझाव दिएको बताइन्।

Loading...