अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । चौधरी ग्रुपका मालिक तथा नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । आफ्नो ट्वीटमा चौधरीले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। साथै उनले आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा […]

काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]

चितवनको अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

भरतपुर, १० भदौ । नुवाकाेटमा एकजना भगाैडा काेराेना संक्रमित पक्राउ परेका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकाेटमा पक्राउ परेका हुन् ।  बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित चेकिङका क्रममा उनलाइ पक्राउ गरिएको नुवाकाेट प्रहरीले जनाएकाे छ । साइकलमा जाँदै गर्दा उनलाइ प्रहरीले शंका लागि राेकेकाे र त्यसपछि उनलाइ पक्राउ गरिएकाे बताइएकाे […]

स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिल नजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्राम तर्फ आउदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्राम स्थित क्रिमसन […]

कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृत्यु हुने पुगे १६४

काठमाडाैँ, ९ भदाै । कोरोना भाइरसकाे स‌ंक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। काेरानाका कारण पछिल्लो २४ घण्टामा देशभर ७ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयले काठमाडाैँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ […]

सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]

बाटोमा हिडिरहेकी बालिकालाई मोटरसाइकलमा हालेर जवरजस्ती करणी प्रयास गर्ने युवा पक्राउ

बुटवल, ८ भदाै । बालिकालाई जवर जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन । रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरिक्षक धर्मसीङ बिष्टले चाैरजहारी नपा वडा नम्बर ७ की १३ वर्षीया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको […]

काठमाडौ उपत्यका अझै कोरोना संक्रमणको टप लिस्टमा, आज पनि राजधानीमा थपिए २२४ संक्रमित

काठमाडाैं, ८ भदाै । काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी उपत्यकामा जम्मा २२४ जना संक्रमित थपिएकाे जनाएकाे छ । आइतबार काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ […]