स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कूटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमा–३ सीता राइस मिल नजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो । बुटवलबाट मणिग्राम तर्फ आउदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक कार्की ट्रक व्यवसायका साथै लायन्स क्लबमा पनि क्रियाशील थिए ।

Loading...