ओलीले गरे सबै संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्त (हेर्नुहोस सूची)

काठमाडौँ, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट गत मंसिर ३० गतेको बैठकले राईलाई अख्तियार प्रमुखमा सिफारिस गरेको समिति सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट मानिने राईले एक वर्षअघि गृह सचिवबाट अवकाश पाएका थिए […]

ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेः विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् । उनले देशभक्त शक्तिहरुसँग […]

प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती गरेको संविधानविद् भिमार्जुन आचार्यको प्रतिक्रिया

काठमाडौँ । संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिएका छन्। संवैधानिक परिषदको बैठकको गणपुरक संख्या सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सरकारले अध्यादेश ल्याएपछि संविधानविद् आचार्यले सरकारको निर्णयले संविधान र व्यवस्थाप्रणालीमाथि ठूलो कुठाराघात गर्नुको साथै मुलुकलाई राजानीतिक भूमरीतर्फ धकेलेको टिप्पणी गरे। संबैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभामुखले गल्ती गरेको […]

पीसीआर परीक्षणमा कालोबजारी गर्ने दुई दुई अस्पतालमाथि कारवाही

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको […]

अख्तियारका पूर्व प्रमुख आयुक्‍त दीप बस्न्यात ललिता निवास प्रकरणमा जेल चलान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेश पछि प्रहरीले बस्न्यातलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश […]

मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या

मोरङ । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए । हत्यामा नेत्रविक्रम चन्द […]

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क दिइने

एजेन्सी । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी […]

‘सिद्धबाबा’ बलात्कार मुद्दामा अदालतमा देखियो अनौठो दृष्य

विराटनगर, २२ मंसिर । सुनसरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी एक मुद्दामा अनौठो दृष्य देखिएको छ । जिल्ला अदालतको इजलासमा एकल बहस भयो । अदालतको दर्ता फाँट, श्रेस्तेदारदेखि न्यायाधिशले समेत सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै लेखेको पत्र नबुझ्दा आजको इजलासमा सरकारी वकिल उपस्थित नै भएनन् । बलात्कारको आरोप लागेका व्यक्तिका तर्फबाट बहस गर्न गएका […]

लोकसेवा आयोगको सर्भर ह्याक गरेर उपद्रो गर्ने तीन पक्राउ

काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ […]