प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् । ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी […]

‘सिद्धबाबा’ बलात्कार मुद्दामा अदालतमा देखियो अनौठो दृष्य

विराटनगर, २२ मंसिर । सुनसरी जिल्ला अदालतमा बलात्कार सम्बन्धी एक मुद्दामा अनौठो दृष्य देखिएको छ । जिल्ला अदालतको इजलासमा एकल बहस भयो । अदालतको दर्ता फाँट, श्रेस्तेदारदेखि न्यायाधिशले समेत सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै लेखेको पत्र नबुझ्दा आजको इजलासमा सरकारी वकिल उपस्थित नै भएनन् । बलात्कारको आरोप लागेका व्यक्तिका तर्फबाट बहस गर्न गएका […]

लोकसेवा आयोगको सर्भर ह्याक गरेर उपद्रो गर्ने तीन पक्राउ

काठमाडौं, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ […]

कौशलटार कार दुर्घटनामा मृत भेटिएकी रियाकी आमाले हत्या आशंकामा दिइन किटानी जाहेरी

काठमाडौं, २१ मंसिर । भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा मृत भेटिएकी रिया श्रेष्ठको परिवारले छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ । शनिवार राति भएको कार दुर्घटनामा काठमाडौंकी ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको थियो । आइतबार बिहान क्षतिग्रस्त कारको बाहिर श्रेष्ठको शव भेटिएको थियो । सुरुमा शवको पहिचान नभएपनि पछि उनको सबै परिचय खुलेको […]

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु […]

कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो। मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्। ‘कोरोना बीमा […]

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

झापा । शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले […]

जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको ढुंगा संकलन गरी पठायो पहिलो रंगीन तस्बिर

काठमाडौं । चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न गएको चिनियाँ अन्तरिक्ष यानले बुधबार राति सफलतापूर्वक ढुंगा र माटोको नमुना संकलन गरेको छ। ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ। चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो। मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण […]

नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो । यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । […]