समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ ।

यसकाे पहिलाे निशाना माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि परेकाे छ । प्रचण्डलार्इ फकाएर सांसद बन्न एक निर्माण व्यवसायीले घर नै दिएकाे चर्चा माअाेवादी केन्द्रभित्रै चलेकाे छ । पाँचवर्षदेखि लाजिम्पाटमा बस्दै अाएका प्रचण्ड शुक्रबार मात्र उक्त बङ्गला छाडेर ललितपुरकाे खुमलटारमा सरेपछि याे चर्चा गाइगुइ चल्न थालेकाे हाे । निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले अाफ्नाे घर प्रचण्डलार्इ बस्नका लागि दिएपछि प्रचण्ड लाजिम्पाट छाडेर खुमलटारमा सरेका छन् । 

स्राेतका अनुसार निर्माण व्यवसायी समेत रहेका अधिकारी सां‌सद हुने दाैडमा छन् । उनी माअाेवादी केन्द्रबाट निर्वाचन अायाेगमा पेश गरिएकाे समानुपातिक सांसदकाे सूचीकाे ३३ अाै नम्बरमा रहेकाे बताइन्छ । माअाेवादी केन्द्रले समानुपातिकमा कति सिट पाउँछ भन्ने एकिन छैन । त्यसैले अधिकारीले अहिलेदेखि नै प्रभावमा पारेर सांसद बन्न याे घर प्रदान गरेकाे माअाेवादी केन्द्रभित्र चर्चा छ ।

तर, प्रचण्ड निकट स्राेतले अस्थायी रुपमा मात्र अधिकारीकाे घरमा डेरा सरेकाे दावी गरेकाे छ । अर्काे उपयुक्त घर पाउने बित्तिकै खुमलटारबाट पनि सर्ने उनीहरुकाे याेजना छ । याे अस्थायी रुपमा बसेकाले चलाइने हल्लाहरु अाफै झुट सावित हुने उनी निकट स्राेतकाे दावी छ ।

उसाे त अाफ्ना एकमात्र छाेरा प्रकाशकाे निधन लाजिम्पाट दरवारमै भएपछि प्रचण्ड र उनकाे परिवार उक्त घर छाेड्ने मनस्थिति बनाइरहेकाे थियाे । छाेरा प्रकाशकाे पनि निधन हुनु र लाजिम्पाटकाे निवासमा जाने बाटाे पनि साँघुराे भएका कारण उनले घर सर्ने सल्लाह अाफू निकट केही व्यक्तिहरुसँग गर्दै अाएका थिए । घर खाेजिरहेका बेला अधिकारीले अाफ्नाे घर पनि दिन तयार भएपछि उनी सरेकाे बुझिएकाे छ ।

यसअघि पनि प्रचण्डले निर्माण व्यवसायी अधिकारीकाे घर भने अन्य प्रयाेजनका लागि प्रयाेग गर्दै अाएका थिए । यसअघि पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले अधिकारीकै अर्काे घर प्रयोग गर्दै आएका थिए । ललितपुरकै मानभवनमा रहेकाे अधिकारीकाे अर्काे घरमा दुर्इ दलका नेताहरुले प्रयाेग गरेर पार्टी एकता र वाम गठबन्धन बनाउने सल्लाह गरेका थिए ।

अधिकारी शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष हुन । उनी उक्त विजनेश ग्रुपका कार्यकारी निर्देशक पनि हुन् ।

Loading...