नेताको टुङ्गो नलगाइ साझा पार्टी र विवेकशील नेपालीबीच एकता

काठमाडौं, ११ साउन । चर्चित पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली पार्टीबीच एकता भएको छ । एकताका लागि सबै कुरा सकेर दुबै पार्टीका प्रमुख नेताले  एउटै कलरको पोशाक लगाएर खिचेको संयुक्त फोटो समेत सार्वजनिक गरेका छन् । दुर्इ पार्टीको एकता घोषणा अाजै साउन ११ गते बुधबार गरिने बताइएको छ ।

उता आफूलाई वैकल्पिक शक्ति बताइरहेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता प्रक्रिया निश्कर्षमा नपुग्दै यता यी दुई पार्टीले एकताको कुरा टुंगोमा लगाएका छन् ।

दिउँसो १ः ३० बजे काठमाडौको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर पार्टी एकीकरणका औपचारिक घोषणा गरिने उनीहरुले जानकारी गराएका छन् । साझा र विवेकशीलले गत स्थानीय तह निर्वाचनमा काठमाडौमा ल्याएको मतले दुवै पार्टी चर्चामा आएका थिए । दुर्इ पार्टीकाे केन्द्रमा एकता घाेषणा गरे पनि तल्ला कमिटि र माथिल्लाे कमिटिकाे नेतृत्वका बारेमा भने थुप्रै समस्या रहेकाे स्राेतले जानकारी दिएकाे छ । नयाँ पार्टीकाे प्रमुख नेता काे हुने भन्ने बारेमा पनि अझै कुरा टुङ्गाे लागेकाे छैन । 

Loading...