मुसामाथि मेसी हावी भएपछि अर्जेन्टिना उपविजेता बन्न सफल

काठमाडौं । विश्वभर सर्वाधिक चर्चामा रहेका अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे उत्कृष्ट प्रदर्शनसँगै रसिया विश्वकपमा अर्जेन्टिना समूह चरण पार गरेर नकअाउट चरणमा प्रवेश गरेकाे छ । मेसीकाे सुरुवाती गाेल र मार्कोस रोजोले खेलकाे ८८ अाै मिनेटमा गरेकाे गोलसँगै अर्जेन्टिनाले प्रतिद्वन्द्वी नाइजेरियालार्इ २-१ ले पराजित गरेर समूह डीकाे उपविजेता बनेकाे छ ।

सोमबार राति भएको समूह डीको अन्तिम खेलमा अर्काेतिर क्रोएसियाले आइसल्याण्डलाई २–१ ले ःपराजित गरेकाे छ । यससँगै क्राेएसिया समूहकाे विजेता बनेकाे छ भने अर्जेन्टिना उपविजेता बनेर अन्तिम १६ मा पुगेकाे छ ।

रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा क्राएसिया नहार्नु पर्ने थियो । यो खेलमा गोलकिपर क्याबलेरोको स्थानमा अरमानीलाई खेलाइएको थियो भने सर्जिओ एग्युरोलाई बेञ्चमा राखेर हिगुइनलाई सुरुवाति ११ मा ल्याइएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो ।

जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोल गरेका थिए ।

खेल १-१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् । आइल्याण्डलाई हराउने क्रममा २ गोल गरेका अहमद मुसाको पनि केही लागेन ।

Loading...