एमालेले एकाएक किन बोलायो आफ्ना सांसदलाई सिंहदरबार ?

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ, छलफलको विषय जानकारी गराइएको छैन ।’ एक सांसदले भने । संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा […]

भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न पूर्वमन्त्री साहको सुझाव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित […]

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

करारका कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

काठमाडौ । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश दिएको छ। सरकारी कार्यालयका करार कर्मचारीमाथि विभेद भएको भन्दै दायर गरिएको रिटमाथि सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटा लगयतले गत असारमा करार कर्मचारीहरूले पनि महँगी भत्ता […]

सर्वोच्चको परमादेशविरुद्ध सप्तरीमा प्रदर्शन

सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]

विद्यालय शिक्षा विधेयक प्रतिवेदन अध्ययन गर्न २ दिनको समय, अर्को बैठक ५ गते बस्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ । समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो । विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि […]

गैरकानुनी लाभ सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार मुद्दामा सोमबार ५० हजार धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पौडेलसहित […]

‘कुलिङ अफ पिरियड’ प्रकरणमा एक्लियो एमाले

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रियसभामा एक्लिएको छ । राष्ट्रियसभामा विधेयकमा संशोधन प्रस्ताव राख्ने समयमा एमालेका सांसदहरूले प्रतिनिधिसभाले राखेको कुलिङ अफ पिरियडको प्रावधान हटाउन संशोधन हालेका […]

दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा, तीनकुने घटनाबारे के-के भने ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत बोकेको एक सफल […]

युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]