देउवाको पोस्टमा बालेनको प्रश्न : यो पोस्ट कुन भीपीएनबाट हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पोस्ट गरेका थिए । देउवाले लेखेका छन्, ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम […]

बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने तीन जना भारतबाट पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतबाट पक्राउ परेर काठमाडौं ल्याइएको छ । १२ साउनका राति राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार […]

माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा

काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकिएको हो । पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा […]

ट्रान्सफर्मर घोटाला भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम बनाउने कमसल ट्रान्सफर्मर घोटाला सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ । भदौ १२ गते सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासमा ‘हेर्दाहेर्दै’ मा राखेर यो मुद्दामा सुनुवाइ हुँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले […]

World Climate Change Congress Kicks Off in Kathmandu

Kathmandu – The World Congress on Climate Change and Its Impacts (CCIE-2025) has commenced at Central College, Sinamangal, Kathmandu. The event was inaugurated on Saturday by Prof. Dr. Bedraj K.C., Vice-Chancellor of Pokhara University. The three-day congress running until Monday, has drawn the participation of around 200 representatives including experts, scientists, and academicians from 21 […]

फरक मत राख्न खोज्दा थापालाई ओलीले भने : अहिले समय छैन, आफ्नै समूहमा कुरा राख्नुस्

काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिइएपछि हलभित्रै लफडा भएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरू भएको विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले नै थापालाई आफ्नो फरक मत प्रस्तुत गर्न रोकेपछि हलभित्रै लफडा भएको हो। थापाले आफ्नो फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीसँग समय मागेका थिए। […]

शेरबहादुर देउवा भन्छन् : पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

विराटनगर । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा […]

युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव अस्वीकार, सेनालाई निशाना बनाउने पुटिनको चेतावनी

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव अस्वीकार गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाई मार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए। तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे […]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर, यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम […]