काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ […]
प्रहरी दमनपछि बानेश्वरमा हिंसात्मक बन्यो जेनजी आन्दोलन, मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे । मृत्यु हुनेमा धनकुटा घर भएका करिब ३५–४० वर्षीय युवा छन् । जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको […]
गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त, करिब ७० जना घाइते
काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक […]
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ […]
शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु […]
जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी, बानेश्वर क्षेत्रमा सेना परिचालन
काठमाडौँ । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालयले […]
सामाजिक सञ्जाल बन्द गर्नु मुसा मार्न घरमा आगो लगाएजस्तै : नागरिक प्रथम अभियान
काठमाडौं । नागरिक प्रथम अभियानले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारी कदम मुसा मार्न घरमा आगो लगाएजस्तै मुखर्तापूर्ण भएको जनाएको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुसा मार्न घरमा आगो लगाउनु व्यवहारिक हुँदैन, यो मूर्खता हो। सामाजिक सञ्जाल चलाउने आधा दर्जन विदेशी कम्पनीलाई दुःख दिएको, धम्क्याएको भनिरहँदा आफ्ना देशका […]
जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरको घुम्ती शौचालय
काठमाडौं । जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो । अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका […]
प्रदर्शनका लागि कलेज ड्रेसमै माइतीघर आइपुगे जेनजी, एसपी र डीएसपीहरूले सुरक्षा कमाण्ड गर्दै
काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित आइपुगेका छन् । प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था […]
भ्रष्टाचार र सामाजिक सन्जाल बन्दविरूद्ध प्रदर्शन गर्दै जेनजी पुस्ता, दुर्गा प्रसाईंलाई नआउन आग्रह
काठमाडौँ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ। विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर […]










