वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। […]

एमाले विधान महाधिवेशन : आज प्रतिवेदनमाथि १० समूहमा छलफल

काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको […]

पत्रकार पौडेल सम्मानित

काठमाडौँ । कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल न्याय र कानुन सम्बन्धी पत्रकारिता मार्फत न्याय क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन्। काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले पौडेललाई स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक प्रक्रियाबारे जनचेतना फैलाउन गरेको उल्लेखनीय प्रयासका कारण कदरपत्रसहित सम्मान प्रदान गरेको हो। २०८०/८१ र २०८१/८२ सालको वार्षिक साधारणसभा तथा सुवोधबाबु चिलुवाल नेतृत्वको […]

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

काठमाडौँ ।  सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे । राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ । अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ […]

लिपुलेकबारे चीनसँग स्पष्ट रुपमा कुरा गरेको छु, भारतसँग पनि गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषय स्पष्ट रुपमा उठाएको बताएका छन्। शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनलाई उद्घाटन गर्दै उनले भारत र चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भएको सहमतिप्रति नेपालको असहमति प्रस्ट रूपमा प्रस्तुत गरिएको बताए।  “चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अन्य विषयसँगै लिपुलेकबारे स्पष्ट रूपमा […]

प्रधानमन्त्री ओली भन्छन् : एमाले सरकार हाइ–हाइ हुँदा भिजिट भिसाको हल्ला चलाइयो

KP sharma oli

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र […]

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर : मानवअधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूमाथि प्रतिकूल असर पार्ने चेतावनी दिइएको छ । आयोगका अनुसार, सामाजिक सञ्जालहरू लामो समयदेखि […]

अमेरिकाले गर्‍यो १९ जना नेपालीलाई डिपोर्ट

काठमाडौँ । अमेरिकाले १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ। डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार अमेरिकी चार्टर्ड फ्लाइटबाट डिपोर्ट भएकाहरूलाई काठमाडौं ल्याएको थियो। डिपोर्ट हुनेहरू २ जना महिला र १७ जना पुरूष छन्। अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको भनेर उनीहरूलाई डिपोर्ट […]

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने

काठमाडौं । सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् । वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्। नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन […]

अजम्बर राईलाई स्थायी समिति सदस्य बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको एक नेताले जानकारी दिए । योसँगै माओवादीमा ४७ सदस्य स्थायी समिति बनेको छ । यस अघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु […]